• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

पश्चिम नवलपरासीमा तीर्थयात्रु बोकेको बस दुर्घटनाहुदाँ ४५ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीमा भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन् ।
पाल्हीनन्दनमा भारतीय नागरिक सवार बस दुर्घटना भएको हो ।

माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतीय बस ब्रेक फेल हुँदा पाल्हीनन्दन गाउँपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । बसमा ६५ यात्रु सवार थिए । माघे ‌औंशीमा त्रिवेणीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा भारतबाट हजारौं श्रद्धालु स्नान गर्न आउने गर्दछन् ।