• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मन्त्रीको अनुपस्थितमा शुक्रवार विहान बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

  • २०८१ असार २७, बिहीबार १७:५१

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रवार विहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

संघीय संसद अन्तर्गत नयाँ बानेश्वरस्थित विहिवार ४ बजेका आह्वान गरिएको बैठक सवा घण्टा ढिला सुरु हुँदा पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउँदै सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका थिए ।

शुक्रबार आह्वान गरिएको बैठकमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।

  • २०८१ असार २७, बिहीबार १७:५१