• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।

दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

थप विवरण आउन बाँकी छ ।