• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मकालु हिमाल चढ्दै गरेका अमेरिकी आरोहीको मृत्यु

संखुवासभास्थित मकालु हिमाल आरोहणको क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

मकालु गाउँपालिका क्षेत्रमा पर्ने मकालु हिमाल चढ्न गएका ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको आइतबार राति ज्यान गएको हो।

पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीका अनुसार पन्काओ तेस्रो क्याम्पसम्मको आरोहण सकेर विश्राम गरिरहेका बेला राति करीब ८ बजे अचानक मृत्यु भएको हो। प्रारम्भिक जानकारी अनुसार उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

पन्काओको शव काठमाडौं ल्याउनका लागि सम्बन्धित ट्रेकिङ एजेन्सीसँग समन्वय भइरहेको अवस्थीले जानकारी दिए।

उनी हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि नेपाल आएका थिए।