• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सडकमै प्रसूति गर्न सघाएका प्रहरी जवान देउवा सम्मानित

  • २०८२ जेठ ७, बुधबार १५:२६

काठमाडौं।  कैलालीमा एक महिला प्रहरीलाई मानवीय कार्यका लागि सम्मान गरिएको छ। बुधबार अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा प्रशंसा पत्रसहित सम्मानित भएकी हुन्।

बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई मंगलबार सडकमै प्रसूति गर्न सहयोग गरेपछि देउवाले व्यापक प्रशंसा पाएकी हुन्। आचार्यलाई सुरक्षित रूपमा सन्तान जन्माउन सहयोग गरेको भन्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्।

प्रहरी जवान देउवाको समयमै गरेको सहयोगका कारण आचार्यले सुरक्षित रूपमा छोराको जन्म दिन सफल भएकी थिइन्। घटनाले प्रहरीको जनमैत्री भूमिका अझ सशक्त रूपमा देखाएको जनाइएको छ।

  • २०८२ जेठ ७, बुधबार १५:२६