• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एमाले अध्यक्ष ओली आज जनकपुर जाँदै

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदैछन्। विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिइन्।

ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको सचिवालयले जनाउको छ। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउँछन्।

पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।