• २०८३ जेठ ३०
  • 2026 June 13, Saturday

वीरगञ्जमा कर्फ्यु आज राति १२ बजेसम्म लम्ब्याइयो

काठमाडौं । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यु आदेश आज चैत ३१ गते राति १२ बजेसम्मका लागि थप गरेको छ।

शनिबार साँझ ७:३० बजेपछि दुई समुदायबीच झडप भएपछि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। तर, अवस्था अझै पूर्ण रूपमा सामान्य नबनेको निष्कर्ष निकाल्दै प्रशासनले कर्फ्यु आदेश थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कर्फ्युको क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमित गरिएको छ।

शनिबार अपराह्न करिब ४:५० बजे विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिद्वारा आयोजित शोभायात्रा वीरगञ्ज–२ स्थित श्रीराम हल नजिकको जामा मस्जिद अगाडि पुगेपछि दुई पक्षबीच झडप भएको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ५:४० बजे पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

झडपका क्रममा एक मोटरसाइकल र पसल बाहिर निकालिएको फ्रिजमा आगजनी गरिएको थियो। साथै, घटनास्थलमा खटिएका आठ जना प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।